
स्टक इन्डिकेटरहरू बुझौँ
ट्रेडिङका लागि कुनै चिट कोड भइदिएको भए हुन्थ्यो जस्तो कहिल्यै लागेको छ? RSI (Relative Strength Index) र SMA (Simple Moving Averages) त्यस्तै उपयोगी साधन हुन सक्छन्! यी लोकप्रिय टेक्निकल इन्डिकेटरहरू ले तपाईंलाई ट्रेडमा कहिले प्रवेश गर्ने र कहिले बाहिरिने भन्ने निर्धारण गर्न मद्दत गर्न सक्छन्। अब यसलाई सरल रूपमा बुझौँ।
RSI भनेको के हो?
RSI ले स्टक ओभरबट (अत्यधिक खरिद) वा ओभरसोल्ड (अत्यधिक बिक्री) भएको छ कि छैन भन्ने पहिचान गर्न मद्दत गर्छ, जसले आगामी मूल्य उल्टिने सङ्केत दिन सक्छ। यो 0 देखि 100 सम्मको स्केलमा काम गर्छ:
- 70 भन्दा माथि? स्टक ओभरबट भएको हुन सक्छ र मूल्य तल झर्ने सम्भावना हुन्छ।
- 30 भन्दा तल? स्टकको मूल्य कम आँकिएको हुन सक्छ र यो फेरि माथि उक्लन सक्छ।
- डिफल्ट सेटिङ: 14 दिने RSI, तर तपाईंले आफ्नो रणनीति अनुसार यसलाई परिमार्जन गर्न सक्नुहुन्छ।
अनि SMA चाहिँ के हो?
SMA ले मूल्यको उतारचढावलाई सहज बनाउँछ, जसले गर्दा तपाईंले ठूलो प्रवृत्ति देख्न सक्नुहुन्छ। सबैभन्दा सामान्य दुई SMA हुन्:
- 50 दिने SMA: छोटो अवधिको प्रवृत्ति सूचक
- 200 दिने SMA: लामो अवधिको प्रवृत्ति सूचक
SMA क्रसओभरको तरिका
गोल्डेन क्रस र डेथ क्रसबारे सुन्नुभएको छ? यी यसरी बन्छन्:
- गोल्डेन क्रस: 50 दिने SMA 200 दिने SMA भन्दा माथि जाँदा → बुलिस सङ्केत
- डेथ क्रस: 50 दिने SMA 200 दिने SMA भन्दा तल जाँदा → बेयरिश सङ्केत
RSI र SMA किन सँगै प्रयोग गर्ने?
प्रवृत्ति र मूल्य उल्टिने बिन्दु पहिचान गर्न RSI र SMA एकअर्काका पूरक हुन्छन्। प्रत्येक आफैँमा उपयोगी छ, तर सँगै प्रयोग गर्दा धेरै स्पष्ट चित्र पाइन्छ।
- RSI ले स्टकको मूल्य बढी छ कि सस्तो अवसर हो भन्ने देखाउँछ।
- SMA क्रसओभर ले प्रवृत्ति कता जाँदैछ भन्ने देखाउँछ।
उदाहरणका लागि, यदि RSI 30 भन्दा तल (ओभरसोल्ड) छ र 50 दिने SMA ले 200 दिने SMA लाई माथितिर काट्छ भने, त्यो बलियो खरिद सङ्केत हो!

RSI र SMA रणनीतिहरू प्रभावकारी हुने अवस्थाहरू
अर्निङ्स सिजन
कम्पनीका अर्निङ्स रिपोर्टले मूल्यमा ठूलो उतारचढाव ल्याउन सक्छन्। RSI र SMA ले अनावश्यक आवाज छान्न मद्दत गर्छन्:
- अर्निङ्स पछिको चालपछि स्टक ओभरबट वा ओभरसोल्ड भएको छ कि छैन भन्ने RSI ले देखाउँछ।
- त्यो चाल ठूलो प्रवृत्तिको हिस्सा हो कि छोटो अवधिको हल्ला मात्र हो भन्ने SMA क्रसओभरले पुष्टि गर्छ।
बजार करेक्सन
बजार तीव्र रूपमा खस्दा, RSI ले ओभरसोल्ड स्टकहरू उजागर गर्न सक्छ, जबकि SMA ले खरिद गर्ने समय भएको हो कि गिरावटको प्रवृत्ति जारी रहनेछ भन्ने पुष्टि गर्छ।
आफ्नो RSI र SMA ट्रेड सेटअप गर्ने तरिका
बुलिस सेटअप (खरिद अवसर)
- RSI 30 नजिक पुग्छ (ओभरसोल्ड)
- 50 दिने SMA ले 200 दिने SMA लाई माथितिर काट्छ (गोल्डेन क्रस)
बेयरिश सेटअप (बिक्री अवसर)
- RSI 70 नजिक पुग्छ (ओभरबट)
- 50 दिने SMA ले 200 दिने SMA लाई तलतिर काट्छ (डेथ क्रस)
RSI र SMA क्रसओभरको उदाहरण: Amazon (AMZN)
Amazon को स्टक चार्ट हेर्दा, मानौँ:
- 50 दिने SMA ले 200 दिने SMA लाई माथितिर काट्छ → उक्लिँदो प्रवृत्तिको पुष्टि
- RSI 30 नजिक छ → ओभरसोल्ड स्तरबाट सम्भावित उल्टो चाल
यी सङ्केतहरू सँगै हेर्दा खरिद अवसर देखिन्छ।
RSI र SMA ट्रेडिङमा जोखिम व्यवस्थापन
स्टप लस राख्ने स्थान
- अर्निङ्सका बेला उतारचढाव? फराकिलो स्टप प्रयोग गर्नुहोस् (प्रवेश मूल्यभन्दा 2–3% तल)।
- सामान्य अवस्था? अझ नजिक राख्नुहोस् (प्रवेश मूल्यभन्दा 1–1.5% तल)।
- अझ राम्रो स्टप लस स्तरका लागि स्टकको Average True Range (ATR) लाई विचार गर्नुहोस्।
नाफा लक्ष्य
- छोटो अवधिका ट्रेडहरू: RSI 70 नजिक पुग्दा वा SMA क्रसओभर कमजोर हुँदा नाफा बुक गर्नुहोस्।
- लामो अवधिका ट्रेडहरू: 50 दिने SMA 200 दिने SMA भन्दा माथि रहेसम्म होल्ड गर्नुहोस्, र RSI चरम स्तरमा पुग्दा क्रमशः बिक्री गर्नुहोस्।
मुख्य ट्रेडिङ सुझावहरू
ट्रेडमा प्रवेश गर्नुअघि यी कुरा विचार गर्नुहोस्:
- एकभन्दा बढी टाइमफ्रेम (प्रवृत्तिका लागि दैनिक चार्ट, सटीक प्रवेशका लागि घण्टाको चार्ट)
- बजारको अवस्था (समग्र बजारको दिशा, सेक्टरको प्रवृत्ति, स्टकसँग सम्बन्धित समाचार)
- अर्निङ्स मिति (अप्रत्याशित स्थिति टार्न)
- स्टकको लिक्विडिटी (बढी भोल्युम = सहज ट्रेड)
आजैदेखि RSI र SMA रणनीतिहरू परीक्षण गर्न सुरु गर्नुहोस् ट्रेडिङ रणनीतिहरू
यी इन्डिकेटरहरू शक्तिशाली छन्, तर फराकिलो रणनीतिको हिस्साका रूपमा प्रयोग गर्दा उत्कृष्ट काम गर्छन्। निःशुल्क Deriv डेमो खाता प्रयोग गरेर RSI र SMA रणनीतिहरूको अभ्यास गर्नुहोस्। वास्तविक पैसाले ट्रेड गर्नुअघि आफ्ना सीपहरू सुधार्ने यो उत्कृष्ट तरिका हो।
Quiz
कुन कुराले बुलिश ट्रेन्डको पुष्टि गर्छ?


