
ट्रेडिङ सबैका लागि एउटै नाप मिल्ने कुरा होइन। केही ट्रेडरहरू तीव्र गतिको कारोबारमा फस्टाउँछन्, जबकि अरूले बिस्तारै र स्थिर शैली रुचाउँछन्। आफ्नो ट्रेडिङ यात्राबाट अधिकतम फाइदा लिन सही ट्रेडिङ शैली रोज्नु महत्त्वपूर्ण हुन्छ।
यस गाइडमा हामी चार मुख्य ट्रेडिङ शैलीहरू छुट्याएर बुझाउँछौं, ताकि तपाईंको व्यक्तित्व, दिन सक्ने समय र जोखिम लिने क्षमतासँग कुन शैली मेल खान्छ भन्ने कुरा पत्ता लगाउन सक्नुहोस्।
ट्रेडिङ शैली भनेको के हो?
ट्रेडिङ शैली बजारप्रतिको तपाईंको व्यक्तिगत दृष्टिकोण जस्तै हो—यसले तपाईं कति पटक ट्रेड गर्नुहुन्छ, कति समयसम्म पोजिसन राख्नुहुन्छ, र कति जोखिम लिन सहज महसुस गर्नुहुन्छ भन्ने कुरा देखाउँछ। यो ट्रेडिङ रणनीति (जसमा विशेष प्रविधि र सेटअपहरूको कुरा बढी हुन्छ) भन्दा फरक हो। तपाईंको ट्रेडिङ शैली तपाईंको जीवनशैली, सोच र आर्थिक लक्ष्यसँग मेल खानुपर्छ।
सबैभन्दा राम्रो कुरा के छ भने, यसमा कुनै कडा नियम छैन! तपाईं विभिन्न शैलीहरू प्रयोग गरेर हेर्न सक्नुहुन्छ र आफ्नो आवश्यकता अनुसार तिनमा परिमार्जन गर्न सक्नुहुन्छ। अब सबैभन्दा सामान्य चार ट्रेडिङ शैलीहरूबारे जानौं।
1. डे ट्रेडिङ: तीव्र गति र रोमाञ्च

यदि तपाईंलाई छिटो निर्णय लिन र दिनको अन्त्यमा सबै पोजिसन बन्द गरेर खाली हात हुन मन पर्छ भने, यो शैली तपाईंका लागि हो।
| यसले कसरी काम गर्छ | कसका लागि उपयुक्त | चुनौतीहरू |
|---|---|---|
| एउटै दिनभित्र ट्रेडहरू खोल्नुहोस् र बन्द गर्नुहोस्—रातभरि कुनै पोजिसन राखिँदैन। | तीव्र गतिको कारोबारमा रोमाञ्च खोज्ने ट्रेडरहरू | बजारको निरन्तर निगरानी आवश्यक पर्छ |
| छोटो अवधिको मूल्य परिवर्तनबाट फाइदा लिनुहोस्। | पूर्णकालीन ट्रेडरहरू | मानसिक रूपमा थकाउने हुन सक्छ |
| प्राविधिक विश्लेषण र छिटो निर्णय क्षमता आवश्यक पर्छ। | दबाबमा राम्रो काम गर्ने व्यक्तिहरू | जोखिम व्यवस्थापनमा बलियो सीप चाहिन्छ |
2. स्क्याल्पिङ: बिजुलीको गतिमा प्रवेश र निकास!

के तपाईंलाई छिटो नाफा कमाउने रोमाञ्च मन पर्छ? स्क्याल्पिङ तपाईंको शैली हुन सक्छ।
| यसले कसरी काम गर्छ | कसका लागि उपयुक्त | चुनौतीहरू |
|---|---|---|
| एकै दिनमा दर्जनौं वा सयौं ट्रेड गर्नुहोस्। | छिटो निर्णय लिन मन पराउने ट्रेडरहरू | उच्च दबाबको वातावरण |
| मूल्यमा हुने साना उतारचढावबाट नाफा कमाउनुहोस्। | छोटो समयका लागि गहन रूपमा ध्यान केन्द्रित गर्न सक्ने व्यक्तिहरू | अत्यन्त छिटो प्रतिक्रिया क्षमता आवश्यक पर्छ |
| शुद्धता, गति र अनुशासन आवश्यक पर्छ। | उच्च-आवृत्तिको ट्रेडिङ मन पराउने व्यक्तिहरू | कारोबार लागत छिटो बढ्न सक्छ |
3. पोजिसन ट्रेडिङ: धैर्यवान ट्रेडरको रोजाइ

यदि तपाईंलाई दीर्घकालीन योजना र व्यापक दृष्टिकोणमा सोच्न मन पर्छ भने, पोजिसन ट्रेडिङ तपाईंलाई उपयुक्त हुन सक्छ।
| यसले कसरी काम गर्छ | कसका लागि उपयुक्त | चुनौतीहरू |
|---|---|---|
| ट्रेडहरू हप्ता, महिना वा वर्षौंसम्म राख्नुहोस्। | दीर्घकालीन प्रवृत्ति रुचाउने ट्रेडरहरू | धेरै धैर्य आवश्यक पर्छ |
| दैनिक मूल्य उतारचढावभन्दा बजारका प्रमुख प्रवृत्तिमा ध्यान दिनुहोस्। | दिनहुँ ट्रेड गर्न नचाहने व्यक्तिहरू | पूँजी लामो अवधिसम्म बाँधिएर रहन्छ |
| निर्णय लिन फन्डामेन्टल विश्लेषण प्रयोग गरिन्छ। | “किन्नुहोस् र होल्ड गर्नुहोस्” रणनीति मन पराउने ट्रेडरहरू | बजारमा आउने परिवर्तनले असर देखाउन समय लिन्छ |
4. स्विङ ट्रेडिङ: दुवैको उत्कृष्ट मेल

गति र रणनीतिबीच सन्तुलन चाहनुहुन्छ? स्विङ ट्रेडिङ तपाईंका लागि सबैभन्दा उपयुक्त हुन सक्छ।
| यसले कसरी काम गर्छ | कसका लागि उपयुक्त | चुनौतीहरू |
|---|---|---|
| ट्रेडहरू केही दिनदेखि हप्तासम्म राख्नुहोस्। | लचिलोपन चाहने ट्रेडरहरू | सेटअपको प्रतीक्षा गर्न धैर्य आवश्यक पर्छ |
| छोटोदेखि मध्यम अवधिको मूल्य परिवर्तनबाट फाइदा लिन्छ। | प्राविधिक विश्लेषण मन पराउने व्यक्तिहरू | बजारको अनुमान गर्न कठिन हुन सक्छ |
| मूल्य घटेको बेला किन्ने र उच्च भएको बेला बेच्ने कार्य समावेश हुन्छ। | प्रवृत्ति पहिचान गर्न मन पराउने व्यक्तिहरू | रातभरि पोजिसन राख्दा अप्रत्याशित घटनाको जोखिम हुन्छ |
कुन ट्रेडिङ शैली तपाईंलाई सबैभन्दा उपयुक्त छ?
यदि तपाईं अझै निश्चित हुनुहुन्न भने, यसलाई पत्ता लगाउने एउटा छिटो तरिका यहाँ छ:
- के तपाईंलाई तीव्र गतिको कारोबार मन पर्छ? → स्क्याल्पिङ वा डे ट्रेडिङ प्रयास गर्नुहोस्
- के तपाईं अझ सहज शैली रुचाउनुहुन्छ? → पोजिसन ट्रेडिङ तपाईंका लागि हो
- के तपाईं बीचको कुनै शैली चाहनुहुन्छ? → स्विङ ट्रेडिङ तपाईंका लागि सबैभन्दा राम्रो विकल्प हुन सक्छ
राम्रो खबर के छ भने, Deriv मा तपाईं निःशुल्क डेमो खाता प्रयोग गरेर चारवटै शैली परीक्षण गर्न सक्नुहुन्छ। तिनलाई प्रयोग गरेर हेर्नुहोस्, आफ्नो लागि उपयुक्त शैली पत्ता लगाउनुहोस्, र आत्मविश्वासका साथ ट्रेड गर्नुहोस्।
आजै आफ्नो निःशुल्क Deriv डेमो खाता सेटअप गर्नुहोस् र USD 10,000 भर्चुअल रकमसँग जोखिमरहित अभ्यास गर्नुहोस्!
Quiz
कुन ट्रेडिङ शैलीमा धेरै साना मूल्य परिवर्तनबाट नाफा कमाउन दिनभरि धेरै ट्रेडहरू गरिन्छ, जसमा सामान्यतया पोजिसनहरू केही सेकेन्ड वा मिनेटसम्म मात्र राखिन्छ?


