Skip to main content

सुरक्षित र जिम्मेवार ट्रेडिङ

अनलाइन ट्रेडिङ रोमाञ्चक हुन सक्छ, तर यसमा जोखिमहरू संलग्न हुन्छन् भनी याद राख्नु महत्त्वपूर्ण छ। हामी हाम्रा सबै प्रयोगकर्तालाई आफ्ना खाताहरू सुरक्षित गर्न र जिम्मेवारीपूर्वक ट्रेड गर्न प्रोत्साहित गर्छौं, जसले गर्दा तपाईंले अनलाइन ट्रेडिङको उत्तम अनुभव लिन सक्नुहुन्छ।

आफ्नो खाता सुरक्षित गर्दै

बलियो र विविध पासवर्डहरू प्रयोग गर्नुहोस्। यिनलाई अनुमान लगाउन जति सम्भव होस् त्यति कठिन बनाउनुहोस्।

Google Chrome जस्तो सुरक्षित वेब ब्राउजर प्रयोग गर्नुहोस्। सधैं नयाँ सफ्टवेयर अपडेटहरू स्थापना गर्नुहोस् किनभने तिनमा सुरक्षा प्याचहरू समावेश हुन्छन्।

तपाईंको खातामा अनधिकृत प्रयोग रोक्नका लागि आफ्नो लगइन विवरण सुरक्षित राख्नुहोस्।

आफ्ना डिभाइसहरूलाई थप सुरक्षित बनाउनका लागि एन्टिभाइरस र फायरवाल प्रयोग गर्नुहोस्।

जिम्मेवारीपूर्वक ट्रेड गर्दै

अनलाइन ट्रेडिङका जोखिमहरू बुझ्नुहोस्। सापटीको पैसा वा आफूले गुमाउन नसक्ने पैसाले कहिल्यै ट्रेड नगर्नुहोस्।

हाम्रो निःशुल्क डेमो खाता प्रयोग गर्नुहोस्, र असीमित भर्चुअल फन्डले ट्रेड गर्नुहोस्। हाम्रा उत्पादनहरू कसरी प्रयोग गर्ने भनी सिक्ने यो सबैभन्दा सहज तरिका हो।

आफ्नो नोक्सानीको लागि एक सीमा तय गर्नुहोस्, र त्यसमा कायम रहनुहोस्। आफ्नो सबै पैसा नगुमाउनका लागि आफ्नो नाफाको केही भाग छुट्टै राख्नुहोस्।

बुद्धिमानीपूर्वक ट्रेड गर्नुहोस्, र आफ्ना भावनाहरूले तपाईंको निर्णयमा असर पार्न नदिनुहोस्। तपाईंको सोचविचार बिग्रिने अवस्थामा ट्रेड नगर्नुहोस्।

निष्पक्ष ट्रेडिङ अभ्यासहरू

Deriv मा, निष्पक्षता र पारदर्शिताले हाम्रा सबै ट्रेडिङ अभ्यासहरूलाई मार्गदर्शन गर्छ। हामी एक नैतिक, दिगो, र भरपर्दो ट्रेडिङ वातावरण प्रदान गर्न प्रतिबद्ध छौं।

निष्पक्ष ट्रेडिङ प्रतिबद्धता

हामी निम्न कुराहरू मार्फत हरेक चरणमा निष्पक्षता सुनिश्चित गर्छौं:

  • अन्तर्राष्ट्रिय नियमहरूको पालना गर्दै
  • नियमित आन्तरिक लेखापरीक्षण सञ्चालन गर्दै
  • जोखिम व्यवस्थापन प्रोटोकलहरू लागू गर्दै

ट्रेडिङमा पारदर्शिता

हामी ग्राहकहरूलाई निम्न कुराहरू मार्फत सुसूचित निर्णय लिन मदत गर्छौं:

  • वास्तविक-समयको डाटा प्रदान गर्दै
  • विस्तृत रिपोर्टहरू प्रस्तुत गर्दै
  • शुल्क र जोखिमहरूको बारेमा स्पष्ट जानकारी दिँदै

30 लाखभन्दा बढी
विश्वव्यापी ट्रेडरहरूसँग जोडिनुहोस्

मिनेटभित्रै खाता खोल्नुहोस् र विश्वका बजारहरू — फरेक्स, स्टकहरू, सूचकाङ्कहरू, र थप — मा ट्रेडिङ सुरु गर्नुहोस्।

WhatsApp