
दीर्घकालीन ट्रेडिङ सफलताको गोप्य सूत्र जोखिम व्यवस्थापन हो। यसबिना उत्कृष्ट रणनीतिहरू पनि असफल हुन सक्छन्। यहीँ Average True Range (ATR) प्राविधिक सूचक काम लाग्छ। यो बजारको अस्थिरता नाप्ने भरपर्दो मापक हो, जसले तपाईंलाई मूल्यको उतारचढावमा आत्मविश्वासका साथ अघि बढ्न मद्दत गर्छ।
Average True Range (ATR) भनेको के हो?
ATR लाई बजारको मनस्थिति पत्ता लगाउने उपकरणका रूपमा सोच्नुहोस्। J. Welles Wilder Jr. ले बनाएको यो सूचकले मूल्य कुन दिशामा जान्छ भनेर अनुमान गर्दैन। यसले स्टक, मुद्रा, कमोडिटीहरू वा डिराइभ्ड सूचकाङ्क जुनसुकै एसेटले कति चाल लिन्छ भन्ने कुरा मात्र नाप्छ। चाल बढी भए ATR उच्च हुन्छ, बजार शान्त भए ATR कम हुन्छ। सरल छ, होइन र? यो फरक-फरक बजार अवस्थासँग मिल्ने भएकाले जोखिम व्यवस्थापनका लागि उपयोगी उपकरण हो।
ट्रेडरहरूले ATR किन रुचाउँछन्
ट्रेडरहरूले ATR मुख्यतः दुई कारणले प्रयोग गर्छन्:
- पोजिसन साइजिङ: बजार कति अस्थिर छ भन्ने आधारमा ATR ले तपाईंको कारोबारको आकार मिलाउन मद्दत गर्छ। अस्थिरता बढी छ? अस्थिर बजारमा आफ्नो पोजिसनको आकार घटाउनुहोस्। बजार शान्त हुँदा त्यसलाई थोरै बढाउने बारे विचार गर्न सक्नुहुन्छ।
- स्मार्ट Stop Loss र Take Profit स्तरहरू: बजारको उतारचढावसँग मिल्ने यथार्थपरक मूल्य लक्ष्य तोकेर, ATR ले तपाईंलाई समय नहुँदै स्टप आउट हुनबाट जोगिन मद्दत गर्छ।
Deriv का ट्रेडिङ प्लेटफर्महरूमा ATR कसरी प्रयोग गर्ने
राम्रो खबर! तपाईंले आफैं गणना गर्नुपर्दैन। Deriv का CFD प्लेटफर्महरू ले तपाईंका लागि ATR स्वतः गणना गर्छन्। यसलाई आफ्नो जोखिम रणनीतिमा लागू गर्न चार्टमा थप्नुहोस्।
यसको पछाडिको गणित जान्न उत्सुक हुनुहुन्छ भने, तलका मध्ये सबैभन्दा ठूलो मान लिएर ATR निकालिन्छ:
- हालको उच्च र हालको न्यून बिचको फरक
- हालको उच्च र अघिल्लो क्लोज बिचको फरकको निरपेक्ष मान
- हालको न्यून र अघिल्लो क्लोज बिचको फरकको निरपेक्ष मान
त्यसपछि यसको औसत निश्चित अवधिमा (सामान्यतया 14 दिन) निकालिन्छ। लामो अवधिले रेखालाई चिल्लो बनाउँछ, तर अचानकका परिवर्तनमा ढिलो प्रतिक्रिया दिन्छ।

जोखिम व्यवस्थापनका लागि ATR को प्रयोग
विशेषज्ञले जस्तै Stop Loss र Take Profit तोक्ने तरिका
ATR ले तपाईंलाई अझ स्मार्ट स्टप लस र टेक प्रफिट स्तर तोक्न मद्दत गर्छ। मानौं, Volatility 25 Index को ATR USD 8.5 छ र तपाईंको प्रवेश मूल्य USD 100 हो:
- तपाईं स्टप लस ATR को 2 गुणामा (USD 83) राख्न सक्नुहुन्छ
- र टेक प्रफिट ATR को 3 गुणामा (USD 125.50) राख्न सक्नुहुन्छ
अस्थिरता उच्च हुँदा स्टप र लक्ष्य टाढा राख्दा तपाईंको कारोबारलाई चल्ने थप ठाउँ मिल्छ।
पोजिसन साइजिङ सजिलै
तपाईंको कारोबार कति ठूलो हुनुपर्छ भन्ने निर्णय गर्न पनि ATR उत्तम छ। एउटा चलनचल्तीको नियम: प्रत्येक कारोबारमा 1 ATR एकाइ मात्र जोखिम लिनुहोस्। त्यसैले ATR USD 8.5 छ भने, त्यो कारोबारमा तपाईंले अधिकतम USD 8.5 मात्र जोखिममा राख्नुहुन्छ। यसले बजारको स्वाभाविक चालसँग तालमेल राख्दै तपाईंको जोखिमलाई नियन्त्रणमा राख्छ।
ध्यान दिनुपर्ने केही कुरा
ATR उपयोगी छ, तर जुनसुकै सूचक जस्तै यसका पनि सीमाहरू छन्। कारण यहाँ छन्:
- यो ढिलो संकेत दिने सूचक हो: ATR ले विगतको मूल्य चाल हेर्छ, त्यसैले यसले भविष्य अनुमान गर्दैन, केवल भविष्यका लागि तयार हुन मद्दत गर्छ।
- अन्य उपकरणसँग प्रयोग गर्दा उत्तम: कुनै एउटै सूचकले सबै काम गर्न सक्दैन। अझ स्मार्ट ट्रेडिङ निर्णयका लागि ATR लाई प्राविधिक र आधारभूत विश्लेषणसँग मिलाउनुहोस्।
जोखिम व्यवस्थापनमा ATR भरपर्दो साथी जस्तै हो। यसले भविष्य अनुमान गर्दैन, तर बजारको अवस्थाबारे पूर्व सङ्केत भने राम्रोसँग दिन्छ। लाइभ कारोबारमा प्रयोग गर्नुअघि, यसले तपाईंका ट्रेडिङ निर्णयमा कसरी सहयोग गर्छ भनेर हेर्न ATR को अभ्यास Deriv डेमो खाता मा गर्नुहोस्।
थप आत्मविश्वासका साथ ट्रेड गर्न तयार हुनुहुन्छ?
Quiz
ATR मान अचानक बढ्यो भने, यसको अर्थ के हो?


