
हालका वर्षहरूमा अनलाइन ट्रेडिङ निकै फैलिएको छ, जसले जो कोहीका लागि यसमा प्रवेश गर्न पहिलेभन्दा सजिलो बनाएको छ। तर यो सजिलै उपलब्ध छ भन्दैमा कुनै योजनाबिना सिधै हाम फाल्नुपर्छ भन्ने होइन। ट्रेडिङमा वास्तविक जोखिमहरू हुन्छन् जोखिम व्यवस्थापन रणनीतिहरू, र स्मार्ट ट्रेडरहरू कुनै पनि कदम चाल्नुअघि सधैं तयारी गर्छन्।
त्यसोभए, तपाईं भर्खरै सुरु गर्दै हुनुहुन्छ भने, स्मार्ट तरिकाले ट्रेडिङ कसरी गर्ने? सही ढङ्गले सुरु गर्न मद्दत गर्ने तीन सुनौला नियमहरू यहाँ छन्।
1. ब्रोकर र बजारबारे राम्ररी अध्ययन गर्नुहोस्
ट्रेड गर्ने बारेमा सोच्नुअघि नै तपाईंले दुई कुरा सही रूपमा गर्नुपर्छ: सही ब्रोकर छनोट गर्नु र बजारहरू बुझ्नु।
सही ब्रोकर छनोट गर्दै सही ट्रेडिङ प्लेटफर्म छनोट गर्ने
सबै ब्रोकरहरू उस्तै हुँदैनन्, त्यसैले समय लिएर आफ्नो आवश्यकतालाई मिल्ने ब्रोकर खोज्नुहोस्। यी कुरा हेर्नुहोस्:
- राम्रो प्रतिष्ठा (प्रमाणित प्रयोगकर्ता वा ट्रेडिङ समुदायका समीक्षाहरू पढ्नुहोस्)
- सुरुवातकर्ता र अनुभवी दुवैका लागि उपयुक्त, प्रयोग गर्न सजिलो प्लेटफर्महरू
- ट्रेड गर्न विभिन्न एसेटहरू, ताकि तपाईंसँग विविधीकरण गर्ने विकल्पहरू होऊन्
- तपाईंको रकम सुरक्षित छ भन्ने सुनिश्चित गर्न उचित इजाजतपत्र र नियमन
उदाहरणका लागि, Deriv ले यी सबै मापदण्ड पूरा गर्छ। यसले प्रयोग गर्न सजिलो ट्रेडिङ प्लेटफर्म, धेरै एसेट विकल्पहरू, र उत्कृष्ट सुरक्षा प्रदान गर्छ।
आफ्नो पहिलो ट्रेडिङ एसेट छनोट गर्दै
ब्रोकर भेटिसकेपछि, अर्को चरण के ट्रेड गर्ने भन्ने निर्णय गर्नु हो। फरेक्स? स्टकहरू? क्रिप्टो? कमोडिटीहरू? प्रत्येक बजारका आˆफ्नै जोखिम र प्रतिफलहरू हुन्छन्। यहाँ अनुसन्धान नै तपाईंको सबैभन्दा राम्रो साथी हो। मूल्य प्रवृत्ति, आर्थिक प्रभावहरू, र विभिन्न एसेटहरूले कसरी व्यवहार गर्छन् भन्ने बारे जान्नुहोस्।
यी सबै थोरै जटिल लाग्छ भने, तपाईं Deriv मा सिन्थेटिक सूचकाङ्क बाट सुरु गर्न सक्नुहुन्छ। यी एसेटहरूले वास्तविक बजारको चाल नक्कल गर्छन् तर बाह्य समाचार घटनाहरूबाट प्रभावित हुँदैनन्। यिनीहरू 24/7 ट्रेड गर्न उपलब्ध छन्। सप्ताहन्त र सार्वजनिक बिदाका दिनमा पनि, जसले तपाईंलाई थप लचिलोपन दिन्छ।
2. पहिले डेमो खातामा अभ्यास गर्नुहोस्
तपाईंले केही पाठ सिक्नुअघि कार चलाउनुहुन्न, होइन र? ट्रेडिङमा पनि त्यही लागू हुन्छ।
वास्तविक पैसा जोखिममा राख्नुअघि, डेमो खाता प्रयोग गरेर ट्रेडिङले कसरी काम गर्छ भन्नेसँग परिचित हुनुहोस्। धेरैजसो ब्रोकरहरूले (Deriv सहित) भर्चुअल रकम भरिएका डेमो खाताहरू प्रदान गर्छन्, जसले गर्दा तपाईं कुनै आर्थिक जोखिमबिना रणनीतिहरू परीक्षण गर्न र कामका मूल कुराहरू सिक्न सक्नुहुन्छ।
Deriv को डेमो ट्रेडिङ खाता ले तपाईंलाई USD 10,000 भर्चुअल रकम दिन्छ, जसले गर्दा तपाईं जोखिमबिना विभिन्न ट्रेडिङ रणनीतिहरू अन्वेषण गर्न सक्नुहुन्छ। सबैभन्दा राम्रो कुरा के हो? यसले वास्तविक ट्रेडिङ खाताले जस्तै काम गर्छ, त्यसैले वास्तविक पैसाले ट्रेड गर्न तयार हुँदा तपाईंलाई पूर्ण नौसिखिया जस्तो महसुस हुँदैन।
3. प्रक्रियाको आनन्द लिनुहोस् र धैर्य राख्नुहोस्
ट्रेडिङ छोटो दौड होइन; यो मयाराथन हो। उत्कृष्ट ट्रेडरहरू एकै रातमा त्यहाँ पुगेका होइनन्। उनीहरूले समयसँगै सीप विकास गरे, गल्ती गरे, तिनबाट सिके, र आफ्ना रणनीतिहरू परिष्कृत गरे।
स्मार्ट ट्रेडरहरूका केही प्रमुख बानीहरू यहाँ छन्:
- धैर्य। आवेगमा आएर हतारमा ट्रेड नगर्नुहोस्। आफ्नो योजनासँग मिल्ने बलियो सेटअपको प्रतीक्षा गर्नुहोस्।
- अनुशासन। आफ्नो ट्रेडिङ रणनीतिमा टिकिरहनुहोस् र भावनात्मक निर्णयहरूबाट बच्नुहोस्।
- यथार्थपरक अपेक्षाहरू। ठूलो नाफा हरेक दिन हुँदैन, र नोक्सान यस खेलको एक हिस्सा हो।
छिटो अगाडि बढ्न चाहनुहुन्छ? विशेषज्ञहरूबाट सिक्नुहोस्! अनुभवी ट्रेडरहरूका अन्तर्दृष्टि पाउन Vince Stanzione को सफल वित्तीय ट्रेडरहरूका 7 विशेषताहरू हेर्नुहोस्।
Quiz
ट्रेडिङ सुरु गर्ने सबैभन्दा राम्रो तरिका कुन हो?


