
फिबोनाची रिट्रेसमेन्टहरू टेक्निकल एनालिसिस मा सम्भावित बजार टर्निङ पोइन्टहरू पहिचान गर्न व्यापक रूपमा प्रयोग गरिन्छन्। यिनले सरल र सुप्रसिद्ध गणितीय अनुपातहरू प्रयोग गरेर प्रमुख सपोर्ट र रेजिस्टेन्स जोनहरू पहिचान गर्न मद्दत गर्छन्। यिनले कसरी काम गर्छन् भन्ने कुरा यहाँ हेरौं। कुनै जटिल गणित आवश्यक पर्दैन।
फिबोनाची नम्बरहरू के हुन्?
फिबोनाची नम्बरहरू यस्तो गणितीय क्रम हुन् जहाँ प्रत्येक नम्बर आफ्नो अघिल्ला दुई नम्बरको जोड हुन्छ। उदाहरणका लागि: 0, 1, 1, 2, 3, 5, 8, 13, 21… र यसरी नै अगाडि बढ्दै जान्छ।
यो ढाँचा प्रकृतिमा सबैतिर देखिन्छ: शंखका सर्पिलदेखि सूर्यमुखीका बीउहरू मिलाइएको तरिकासम्म। यी अनुपातहरू बजारको मूल्य व्यवहारमा पनि देखिन्छन् — कार्यमा देखिने प्रभावशाली शुद्धता।
फिबोनाची रिट्रेसमेन्ट लेभलहरूले कसरी काम गर्छन्
फिबोनाची रिट्रेसमेन्ट टुलले मूल्यको एउटा चालका आधारमा प्रमुख प्रतिशतहरूमा हरिजन्टल लेभलहरू बनाउँछ, जसले सम्भावित सपोर्ट वा रेजिस्टेन्स जोनहरू अनुमान गर्न मद्दत गर्छ। यी प्रमुख लेभलहरू यस प्रकार छन्:
- 0% (ट्रेन्डको सुरुवात बिन्दु)
- 23.6%
- 38.2%
- 50% (आधिकारिक रूपमा फिबोनाची नम्बर होइन, तर ट्रेडरहरूलाई यो मन पर्छ)
- 61.8% (गोल्डेन रेसियो, अर्थात् जादुई नम्बर)
- 78.6%
- 100% (ट्रेन्डको अन्त्य)
यिनलाई व्यवहारमा कसरी प्रयोग गर्ने भन्ने कुरा यहाँ छ। मूल्यमा ठूलो चाल (माथि वा तल) खोज्नुहोस्, र रिट्रेसमेन्ट लेभलहरूले मूल्य कहाँ केही रोकिन सक्छ वा पलट्न सक्छ भन्ने अनुमान गर्न मद्दत गर्नेछन्।

फिबोनाची लेभलहरूलाई कार्यमा पहिचान गर्ने तरिका
मानौं, कुनै एसेटको मूल्य USD 100 बाट USD 200 सम्म बढ्छ। यदि यो रिट्रेस हुन्छ, अर्थात् पछाडि फर्कन्छ भने, तपाईंले प्रमुख फिबोनाची लेभलहरूनजिक सपोर्टको अपेक्षा गर्न सक्नुहुन्छ। उदाहरणका लागि, 50% रिट्रेसमेन्टको अर्थ मूल्य फेरि माथि उक्लनुअघि USD 150 सम्म झर्न सक्छ भन्ने हो।
फरक-फरक लेभलका फरक-फरक अर्थ हुन्छन्:
- 23.6% - 38.2%: सामान्य रिट्रेसमेन्टहरू, प्रायः बलियो ट्रेन्डहरूमा देखिन्छन्।
- 50% - 61.8%: प्रमुख जोनहरू जहाँ मूल्य प्रायः रोकिन वा पलट्न खोज्छ।
- 78.6% - 100%: सम्भावित रिभर्सल जोनहरू सहितको गहिरो पुलब्याक।

ट्रेडिङमा फिबोनाची रिट्रेसमेन्ट कसरी प्रयोग गर्ने
तपाईं Deriv MT5 को Insert मेनु अन्तर्गत फिबोनाची टुलहरू सिधै प्रयोग गर्न सक्नुहुन्छ।

फिबोनाची रिट्रेसमेन्ट लेभलहरू प्रयोग गर्ने तरिकाहरू:
- सपोर्ट/रेजिस्टेन्सका साथ: यदि कुनै फिबोनाची लेभल अघिल्लो उच्च/न्यून बिन्दुसँग मेल खान्छ भने, त्यो जोन अझ महत्त्वपूर्ण बन्छ।
- मुभिङ एभरेजका साथ: मुभिङ एभरेज (जस्तै 50-दिने MA) सम्म भएको रिट्रेसमेन्टले रिभर्सलको पुष्टि गर्न सक्छ।
- क्यान्डलस्टिक प्याटर्नका साथ: 61.8% लेभलनजिक बुलिश एन्गल्फिङ क्यान्डल देखियो? त्यो बलियो संकेत हो।
- विभिन्न टाइमफ्रेमहरूमा: ठूला ट्रेडरहरूले हेरिरहेका हुन सक्ने प्रमुख लेभलहरू देख्न जुम आउट गर्नुहोस्।
- RSI वा Stochastics का साथ: प्रमुख फिबोनाची लेभलमा ओभरसोल्ड देखियो? त्यो सम्भावित खरिद संकेत हो।
Quiz
एउटा स्टकको मूल्य $50 बाट $100 मा उक्लिन्छ। 50% रिट्रेसमेन्ट स्तर कहाँ हुन्छ?


