Deriv MT5 सँग ट्रेडिङ सुरु गर्नुहोस्: टुल बक्स भाग 2
Deriv MT5 सम्बन्धी हाम्रो कोर्समा तपाईंलाई फेरि स्वागत छ! यस पाठमा हामी टुलबक्सका थप ट्याबहरू र तिनका कार्यहरूबारे जानकारी लिनेछौं, जुन तपाईंका ट्रेडिङ गतिविधिहरू व्यवस्थापन, अनुगमन र समीक्षा गर्न महत्त्वपूर्ण छन्। यी सुविधाहरू बुझ्नुले तपाईंलाई सूचित ट्रेडिङ निर्णय लिन सक्षम बनाउँछ।
एक्सपोजर ट्याब
एक्सपोजर ट्याबले तपाईंका सबै खुला पोजिसनहरू ट्रेडिङ रणनीतिहरू का लागि सम्पत्तिको स्थितिको सारांश प्रदान गर्छ। मुख्य विवरणहरू यस प्रकार छन्:
- सम्पत्ति (Assets): मुद्रा वा ट्रेडिङ इन्स्ट्रुमेन्टको नाम देखाउँछ।
- भोल्युम (Volume): लिभरेजको प्रभाव समेत गरी, युनिटमा तपाईंका पोजिसनहरूको कुल भोल्युम जनाउँछ।
- दर (Rate): तपाईंको खाताको डिपोजिट मुद्राको आधारमा ट्रेडिङ इन्स्ट्रुमेन्टको विनिमय दर देखाउँछ।
- USD: लिभरेज बाहेक, तपाईंको खाताको डिपोजिट मुद्रामा खर्च गरिएको रकम देखाउँछ।
- ग्राफ (Graph): डिपोजिट मुद्रामा तपाईंका पोजिसनहरूको दृश्यात्मक प्रस्तुति दिन्छ, जसमा लङ पोजिसनहरू नीलो बारले र सोर्ट पोजिसनहरू रातो बारले जनाइन्छ।
हिस्ट्री ट्याब
त्यसपछि, हिस्ट्री ट्याब छ, जसले तपाईंका ट्रेडिङ गतिविधिहरूको अभिलेख राख्छ। यो ट्याबले बन्द गरिएका सबै पोजिसनहरू, रद्द गरिएका अर्डरहरू, र सबै डिपोजिट वा विथड्रोहरू रेकर्ड गर्छ। तपाईंले विशिष्ट समयावधि चयन गरेर वा विभिन्न फिल्टरहरू लागू गरेर प्रदर्शन आफ्नो अनुकूल बनाउन सक्नुहुन्छ, जसबाट तपाईंले आफ्नो ट्रेडिङ इतिहासको विस्तृत जानकारी पाउनुहुन्छ।
यसका साथै, तपाईंले आफ्नो खाताको स्टेटमेन्ट डाउनलोड गरी अफलाइन विश्लेषणका लागि HTML वा XML फाइलको रूपमा सुरक्षित गर्न सक्नुहुन्छ। यो सुविधाले तपाईंलाई आफ्नो प्रदर्शनको अनुगमन गर्न र समयसँगै आफ्ना ट्रेडिङ रणनीतिहरूको मूल्याङ्कन गर्न मद्दत गर्छ।
न्युज ट्याब
न्युज ट्याबले विभिन्न स्रोतहरूबाट आवश्यक वित्तीय समाचार र बजारका अपडेटहरू प्रदान गर्छ। बजारका घटना र आर्थिक विकासबारे जानकार रहनु महत्त्वपूर्ण छ, किनभने यी कारकहरूले तपाईंका ट्रेडिङ रणनीति र निर्णयहरूमा उल्लेखनीय प्रभाव पार्न सक्छन्।
मेलबक्स ट्याब
मेलबक्स ट्याबमा तपाईंले Deriv टोलीबाट आएका महत्त्वपूर्ण सन्देश र सूचनाहरू पाउनुहुनेछ, जसमा तपाईंको ट्रेडिङ खातासँग सम्बन्धित घोषणा र अपडेटहरू पनि पर्छन्। नियमित रूपमा मेलबक्स हेर्नाले तपाईंको ट्रेडिङ अनुभवमा असर पार्न सक्ने कुनै पनि परिवर्तनबारे तपाईं जानकार रहनुहुन्छ।
क्यालेन्डर ट्याब
क्यालेन्डर ट्याबमा आगामी घटना र डेटा जारी हुने मितिहरू देखाउने विस्तृत आर्थिक क्यालेन्डर हुन्छ। प्रत्येक घटनामा यसको मिति, समय, देश, र बजारमा अपेक्षित प्रभाव जस्ता जानकारी समावेश हुन्छन्, जसले यसलाई फन्डामेन्टल विश्लेषण गर्न र बजारको चालको तयारी गर्न अत्यन्त उपयोगी साधन बनाउँछ।
अलर्ट ट्याब
अलर्ट ट्याबले तपाईंलाई विशिष्ट ट्रेड अवस्था वा बजारका घटनाहरूका लागि सूचना सेट गर्न दिन्छ। तपाईंले अलर्ट ट्याबमा राइट-क्लिक गरी “सिर्जना गर्नुहोस्” चयन गरेर अलर्ट बनाउन सक्नुहुन्छ। यो सुविधाले प्लेटफर्मको निरन्तर निगरानी नगरी पनि महत्त्वपूर्ण मूल्य स्तर वा बजारका परिवर्तनबारे अपडेट रहन मद्दत गर्छ।
अलर्ट बनाउँदा, तपाईंले यो कुन अवस्थामा सक्रिय हुने भनेर तोक्नुहुन्छ, जस्तै बिड वा आस्क मूल्य वा ट्रेडिङ भोल्युम। साथै, तपाईंले अलर्टहरू कसरी प्राप्त गर्न चाहनुहुन्छ भनेर पनि छनोट गर्न सक्नुहुन्छ, चाहे त्यो साउन्ड सूचना, इमेल, वा मोबाइल अलर्टमार्फत होस्।
उदाहरण: यदि तपाईं कुनै विशेष करेन्सी पेयरमा नजर राख्दै हुनुहुन्छ र मूल्य कुनै निश्चित स्तरमा पुग्दा सूचना पाउन चाहनुहुन्छ भने, तपाईंले अलर्ट सेट गर्न सक्नुहुन्छ, जसले गर्दा तपाईंले कुनै पनि महत्त्वपूर्ण ट्रेडिङ अवसर गुमाउनुहुन्न।
निष्कर्ष
यस पाठमा हामीले Deriv MT5 टुलबक्सभित्रका एक्सपोजर, हिस्ट्री, न्युज, मेलबक्स, क्यालेन्डर र अलर्ट ट्याबहरू लगायत विभिन्न ट्याबहरूबारे जानकारी लियौं। आफ्ना ट्रेडिङ गतिविधिहरू प्रभावकारी रूपमा व्यवस्थापन र अनुगमन गर्न यी सुविधाहरू बुझ्नु आवश्यक छ।
यो ज्ञानसँगै, तपाईं Deriv MT5 प्लेटफर्ममा आत्मविश्वासका साथ काम गर्न राम्रोसँग सक्षम हुनुहुनेछ। अर्को पाठमा, हामी तपाईंलाई Deriv MT5 मा ट्रेड राख्ने व्यावहारिक चरणहरूबारे मार्गदर्शन गर्नेछौं, जसले गर्दा तपाईं आफ्ना रणनीतिहरू कार्यान्वयन गर्न तयार हुनुहुनेछ। ट्रेडिङको शुभकामना!
Quiz
Exposure ट्याबले कुन जानकारी सारांशमा देखाउँछ?
Deriv MT5 मा History ट्याबको उद्देश्य के हो?
तपाईं Deriv MT5 मा अलर्टहरू कसरी सेटअप गर्न सक्नुहुन्छ?


