मुख्य सामग्रीमा जानुहोस्
पाठ
3
Deriv MT5 | सुरुवातकर्ता

Deriv MT5 सँग ट्रेडिङ सुरु गर्नुहोस्: Market Watch

अवधि
8
मिनेट

Deriv MT5 सम्बन्धी हाम्रो कोर्समा तपाईंलाई फेरि स्वागत छ! यस पाठमा हामी Market Watch बारे विस्तृत रूपमा जान्नेछौं। यो फरेक्स तथा ट्रेडिङ बजारमा प्रभावकारी रूपमा काम गर्न मद्दत गर्ने एक महत्त्वपूर्ण सुविधा हो। Market Watch कसरी प्रयोग गर्ने भनेर बुझ्दा मूल्य गतिविधि अनुगमन गर्ने र सोचविचार गरेर ट्रेडिङ निर्णय लिने तपाईंको क्षमता बढ्नेछ।

‍

Market Watch भनेको के हो?

Market Watch त्यो ठाउँ हो जहाँ तपाईंले Deriv MT5 Deriv MT5 प्लेटफर्म मा ट्रेडिङका लागि उपलब्ध मुद्रा, स्टकहरू, कमोडिटीहरू ट्रेडिङ इन्स्ट्रुमेन्टहरू लगायत सबै इन्स्ट्रुमेन्टहरूको लाइभ कोटहरू भेट्टाउन सक्नुहुन्छ। यसलाई तपाईंको आफ्नै वाचलिस्टको रूपमा सोच्नुहोस्, जसले तपाईंलाई रुचि लागेका सबै कुरा एउटै सुविधाजनक ठाउँबाट सजिलै ट्र्याक गर्न दिन्छ।
‍

Market Watch का मुख्य सुविधाहरू

  1. Symbols ट्याब: Market Watch खोल्दा तपाईंले सबैभन्दा पहिले देख्ने ट्याब यही हो। यसले ट्रेडिङका लागि उपलब्ध सबै इन्स्ट्रुमेन्टहरूको सूची देखाउँछ। यो सूची आफ्नो अनुकूल बनाउन Symbols ट्याबभित्र राइट-क्लिक गरी ‘Symbols’ चयन गर्नुहोस् र symbols विन्डो खोल्नुहोस्। त्यसपछि ‘Specifications’ मा गएर आफ्नो वाचलिस्टमा इन्स्ट्रुमेन्टहरू हेर्न, थप्न वा हटाउन सक्नुहुन्छ। थप्न चाहेका इन्स्ट्रुमेन्टहरूका लागि ‘Show Symbol’ र हटाउन चाहेकाहरूका लागि ‘Hide Symbol’ चयन गरेर तपाईंले आफ्नो वाचलिस्टलाई सान्दर्भिक राख्न सक्नुहुन्छ।
    ‍
  2. Bars र Ticks: Market Watch भित्र तपाईंले ‘Bars’ र ‘Ticks’ दृश्यबीच बदल्न सक्नुहुन्छ:
    • Bars: यो दृश्यले चयन गरिएको समयावधि (जस्तै १ मिनेट, घण्टा, दैनिक) मा मूल्य गतिविधिलाई बारका रूपमा प्रस्तुत गर्छ। प्रत्येक बारभित्रको ओपनिङ, उच्चतम, न्यूनतम र क्लोजिङ मूल्यको विश्लेषण गरेर तपाईंले बजारको प्रवृत्ति, अस्थिरता र मुख्य सपोर्ट तथा रेजिस्टेन्स स्तरबारे जानकारी पाउन सक्नुहुन्छ।
      ‍
    • Ticks: यो सुविधाले तपाईंले रोजेको समयावधि अनुसार मूल्यमा हुने एक-एक परिवर्तन देखाउँछ, जसले गर्दा तपाईं मिनेट-मिनेटमा हुने मूल्य उतारचढाव ट्र्याक गर्न सक्नुहुन्छ।
      ‍
  3. इन्स्ट्रुमेन्टहरू थप्ने: उपलब्ध सबै इन्स्ट्रुमेन्टहरू आफ्नो वाचलिस्टमा चाँडै थप्न Symbols ट्याबभित्र राइट-क्लिक गरी ‘Show All’ विकल्प चयन गर्नुहोस्। यसले तपाईंलाई सबै इन्स्ट्रुमेन्टहरू सहजै अनुगमन गर्न सक्षम बनाउँछ।
    ‍
  4. कोलमहरू अनुकूलन गर्ने: तपाईं आफ्नो वाचलिस्टमा मूल्यसँगै थप विवरणहरू देखाउने गरी मिलाउन सक्नुहुन्छ। उदाहरणका लागि, मूल्यसँगै स्प्रेडहरू हेर्न चाहनुहुन्छ भने Symbols ट्याबमा जहाँसुकै राइट-क्लिक गर्नुहोस्, ‘Columns’ मा कर्सर लैजानुहोस् र ‘Spread’ चयन गर्नुहोस्। यस अनुकूलनले तपाईंको ट्रेडिङ रणनीतिसँग सबैभन्दा सम्बन्धित जानकारी हेर्न मद्दत गर्छ।
    ‍
  5. Details ट्याब: Details ट्याबले चयन गरिएको इन्स्ट्रुमेन्टबारे ओपनिङ र क्लोजिङ मूल्य, दैनिक उच्चतम र न्यूनतम मूल्य तथा अन्य सान्दर्भिक ट्रेडिङ विवरण जस्ता महत्त्वपूर्ण तथ्याङ्क सहितको विस्तृत जानकारी दिन्छ, जसले तपाईंको विश्लेषण र निर्णय प्रक्रियामा सहयोग पुर्‍याउँछ।
    ‍
  6. Trading ट्याब: यो ट्याबले पोजिसन खोल्ने प्रक्रियालाई सरल बनाउँछ। तपाईंले चाहेको ट्रेड साइज प्रविष्ट गर्न र ट्रेड गर्न चाहेको दिशा चयन गर्न सक्नुहुन्छ। यसले तपाईंका ट्रेडहरू कुशलतापूर्वक कार्यान्वयन गर्न आवश्यक सबै जानकारी उपलब्ध गराउँछ।
    ‍
  7. Ticks ट्याब: यो खण्डले चयन गरिएको इन्स्ट्रुमेन्टको रियल-टाइम टिक डेटा देखाउँछ र प्रत्येक टिकको Bid र Ask मूल्य प्रदर्शन गर्छ। यो स्क्याल्पिङ वा छिटो मूल्य परिवर्तनमा आधारित अन्य छोटो अवधिका रणनीति प्रयोग गर्ने ट्रेडरहरूका लागि विशेष रूपमा उपयोगी हुन्छ।
    ‍
  8. Symbol Specification: प्रत्येक ट्रेडिङ इन्स्ट्रुमेन्टको विस्तृत स्पेसिफिकेसन हेर्न Symbols, Details वा Trading ट्याबभित्र राइट-क्लिक गर्नुहोस् र कन्टेक्स्ट मेनुबाट ‘Specification’ चयन गर्नुहोस्। यहाँ तपाईंले कन्ट्र्याक्ट साइज, टिक भ्यालु, स्वाप दर, ट्रेडिङ समय र अन्य सान्दर्भिक सर्तहरूबारे जानकारी पाउनुहुनेछ।

निष्कर्ष

अब तपाईं Market Watch का विभिन्न सुविधाहरू र तिनलाई प्रभावकारी रूपमा कसरी प्रयोग गर्ने भन्नेसँग परिचित हुनुभएको हुनाले, अभ्यास गर्न आफ्नो Deriv MT5 डेमो खातामा लगइन गर्नुहोस्। आफूलाई सबैभन्दा रुचि लागेका इन्स्ट्रुमेन्टहरू राखेर आफ्नो वाचलिस्ट अनुकूलन गर्नुहोस् र रियल-टाइम कोटहरू तथा बहुमूल्य बजार जानकारीसँग परिचित हुनुहोस्।

Market Watch प्रयोग गर्दा तपाईंको ट्रेडिङ गतिविधिमा उल्लेखनीय सुधार आउनेछ र तपाईंले व्यापक बजार डेटाको आधारमा सोचविचार गरेर निर्णय लिन सक्नुहुनेछ। थप पाठहरूका लागि हामीसँगै रहनुहोस्, र शुभ ट्रेडिङ!

‍

Quiz

Deriv MT5 मा Market Watch सुविधाको मुख्य कार्य के हो?

तपाईं Symbols Tab मा देखाइने इन्स्ट्रुमेन्टहरू कसरी आफ्नो आवश्यकता अनुसार मिलाउन सक्नुहुन्छ?

Details ट्याबमा तपाईंले कस्तो प्रकारको जानकारी पाउन सक्नुहुन्छ?

Analyse markets with AI-powered insights

Explore TradersView
WhatsApp